गृहपृष्ठ एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता
एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता
एभरेष्ट बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाईल एप इबिएलटच २४ मा नयाँ सुविधा थपिएका छन् । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्दरकुमार नेगी र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।
यो मोबाईल एपमा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको र ‘इबिएलटच २४’ मा नयाँ सुविधा थप गरिएको बैंकले जनाएको छ । ग्राहकले यो एपमार्फत ५० भन्दा बढी बैंकका खातामा रकम ट्रान्सफर गर्न, बिजुली र पानीको महसुल तिर्न, टिभी र इन्टरनेटको बिल भुक्तानी गर्न, मोबाइल रिचार्ज गर्न, हवाईजहाज, बस तथा सिनेमा टिकटको अनलाइन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्युआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यसैगरी ग्राहकको सहजता र सुरक्षाका लागि फिंगर प्रिन्ट वा फेस रेकोग्निसनबाट पनि सहजै कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
हाल एभरेष्ट बैंकको ग्राहकको संख्या ११ लाख छ । देशभर बैंकका ९५ शाखा, ३१ राजस्व संकलन काउन्टर र १०३ एटिएम काउन्टर छन् ।
प्रकाशित समय २१:५४ बजे

















