गृहपृष्ठ लकडाउनमा मुक्तिनाथ विकास बैंकको सहयोग
लकडाउनमा मुक्तिनाथ विकास बैंकको सहयोग
मुक्तिनाथ विकास बैंक घोराहीले घोराही उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लकडाउनका कारण समस्यामा परेकाहरुलाई लक्षित गरी सहयोग गरेको हो ।
खाद्यान्न सामग्री बैंकको घोराही शाखा प्रमुख युवराज भण्डारीले उपमहानगरपालिका १५ का सदस्य एवं बैंक तथा वित्तीय संस्थागत समन्वय संयोजक सनतकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
बैंकले धनगढी उपमहानगरपालिका ४ मा पनि राहत सामग्री सहयोग गरेको छ । सहयोग सामग्री बैंकका धनगढी शाखा प्रमुख उमेश जोशीले धनगढी उपमहानगरपालिका ४ का अध्यक्ष पदमराज सापकोटा र सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.का प्रमुख दिपक थापालाई हस्तान्तरण गरेका छन् ।
बैंकले नार्गाजुन ४ काठमाडौंको शक्तिकुमारी टोल सुधारलाई पनि राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामग्री बैंकका सीतापाइला शाखा प्रमुख विजय उप्रेतीले शक्तिकुमारी टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।
बैंकले लकडाउनको समयमा विपन्न परिवारलाई सम्भव भएसम्म सबै सहयोग गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुले जानकारी दिए ।
प्रकाशित समय १३:५२ बजे

















