गृहपृष्ठ सहयोगी विकास बैंकको १०० कित्तालाई सिटिजन्स बैँकको ९१ कित्ता सेयर

सहयोगी विकास बैंकको १०० कित्तालाई सिटिजन्स बैँकको ९१ कित्ता सेयर

सहयोगी विकास बैंकको १०० कित्ता सेयरलाई ९१.७५ कित्ता (१:०.९१७५) दिने गरी सिटिजन्स बैंक इन्टरनेसनलले किनेको छ । सिटिजन्स बैंकको पाचौं विशेष साधारण सभाले अध्यक्ष राजनसिंह भण्डारीले सहयोगी विकास बैंकलाई प्राप्ति (एक्विजिसन) का लागि गरेको विशेष प्रस्ताव पारित गरेको हो ।

विशेष साधारण सभाले सहयोगी विकास बैंक र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौता पत्रहरुको अनुमोदन पनि गरेको छ । सहयोगी विकास बैंकको जेठ २४ गतेको विशेष साधारण सभाले पनि सिटिजन्स बैंकलाई प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । सहयोगी विकास बैंकको केन्द्रीय कार्यालय जनकपुरमा छ ।

चालू आर्थिक वर्षभित्रमा सहयोगी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार सुरू गर्ने तयारी रहेको सिटिजन्स बैंकका अध्यक्ष भण्डारीले जानकारी दिए । जेठ २६ गतेसम्मको तथ्यांकअनुसार सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ भने कर्जा प्रवाह ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात बैंकका कुल शाखा १०८ वटा हुनेछन् ।

हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको ९ अर्ब ८ करोड रुपैयाँ पुग्नेछ । धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको सहयोगीका १४ वटा शाखा कार्यालय छन् । हाल यी पाँच जिल्लामा सिटिजन्सका नौवटा शाखा छन् । संयुक्त कारोबार सुरु भएसँगै यी जिल्लामा सिटिजन्स बैंकका शाखा संख्या २३ पुग्नेछन् ।

प्रकाशित समय १७:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु