गृहपृष्ठ सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता

सिद्धार्थ बैंक र एफवान सफ्टबीच सम्झौता

सिद्धार्थ बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच इनभ्वाइस डिस्काउन्टिङ सेवाका लागि ‘क्विक भुक्तानी’ प्ल्याटफर्म प्रयोग गर्न सम्झौता भएको छ । सम्झौता अनुसार सिद्धाथ बैंकले ग्राहकलाई यो प्ल्याटफर्मबाट रिभर्स फ्याक्टरिङ मोडलमा इनभ्वाइस डिस्काउन्टिङ सेवा उपलब्ध गराउनेछ । एफवान सफ्टले त्यसको व्यवस्थापन र प्राविधिक सहयोगमा पनि सहयोग गर्ने बैँकले जनाएको छ ।

‘क्विक भुक्तानी’ अनलाइन इनभ्वाइस डिस्काउन्टिङ तथा रिभर्स फ्याक्टरिङ प्लाटफर्म यूके एडको सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमसँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेसनलले तयार पारेको हो ।

प्रकाशित समय १४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु