गृहपृष्ठ मोरङको सलकपुरमा सिटिजन्स बैंकको नयाँ शाखा
मोरङको सलकपुरमा सिटिजन्स बैंकको नयाँ शाखा
सिटिजन्स बैंकले मोरङको सलकपुरमा शाखा स्थापना गरेको छ । बैंकले असार १५ गतेबाट सलकपुरमा ९५औं शाखा सञ्चालनमा ल्याएको हो ।
यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न सम्पूर्ण रिटेल बैँकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने बैंकको लक्ष्य छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।
कोरोनाभाइरसको रोकथामका लागि घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत ६१ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रकाशित समय ११:४४ बजे

















