गृहपृष्ठ डिजिटल भुक्तानी सेवाका लागि ग्लोबल आईएमई बैंक र सेल पेबीच सहकार्य

डिजिटल भुक्तानी सेवाका लागि ग्लोबल आईएमई बैंक र सेल पेबीच सहकार्य

ग्लोबल आईएमई बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

सेलकमद्वारा सञ्चालित सेल पे नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । सेल पे मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्छ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउन सेल पेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ ।

सम्झौतासँगै ग्राहकले सेल पेमा आबद्ध गरिसकिएका अन्य बैंकमा वा त्यहाँबाट ग्लोबल आईएमई बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्ने भएका छन् । ग्राहकले सेल पे भुक्तानी सेवा रहेका स्थानमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानी पनि गर्न सक्नेछन् ।

मोबाइलको टप-अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेशभित्र गरिने रेमिट्यान्स पठाउन-पाउन, बिमा रकम भुक्तानी, ईएमआई भुक्तानी, बिमा रकम भुक्तानी, कोभिड १९ को बिमा रकम भुक्तानी तथा सेयर कारोबारको भुक्तानी गर्न सकिनेछ ।

सन् २०१२ मा स्थापना भएको ग्लोबल आईएमई बैंकका २५७ शाखा, ३८ एक्स्टेन्सन काउन्टर, २४९ शाखारहित बैंकिङ इकाइ र २४३ एटीएम छन् ।

प्रकाशित समय १३:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु