गृहपृष्ठ सरकारको कोरोना कोषमा कुन बैंकको कति सहयोग ?

सरकारको कोरोना कोषमा कुन बैंकको कति सहयोग ?

सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोगथाम, नियन्त्रण तथा उपचार कोषमा वाणिज्य बैंकहरुले २२ करोड रुपैयाँभन्दा बढी जम्मा गरेका छन् । गत चैत १० गते सरकारले स्थापना गरेको कोषमा असार १६ गतेसम्ममा विभिन्न संस्था तथा व्यक्तिहरुबाट दुई अर्ब ३६ करोड ४३ लाख ४४ हजार ५३४ रुपैयाँ जम्मा भएकोमा वाणिज्य बैंकहरुले मात्र २२ करोड जम्मा गरेका हुन् ।

२२ वटा वाणिज्य बैंकहरुले केन्द्र सरकारको कोरोना कोषमा १९ करोड ७३ लाख ७८ हजार ८६८ रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै प्रदेशका कोरोना कोषमा तीनवटा बैंकहरुले तीन करोड ११ लाख जम्मा गरेका छन् । प्रत्येक प्रदेश कोषमा १०/१० लाखका दरले तीनवटा बैंकले ७०/७० लाख रुपैयाँ सहयोग गरेका छन् । सिद्वार्थ बैंक, कुमारी बैंक र एनआइसी एसिया बैंकले सातै प्रदेशमा १०/१० लाख गरी ७० लाख सहयोग गरेका हुन् ।

सनराइज बैंकले भने केन्द्र या प्रदेश कोषमा रकम सहयोग गरेको छैन । तर, ४० लाख रुपैयाँबराबरको राहत सामग्री कोरोना प्रभावितलाई उपलब्ध गराएको छ । त्यस्तै सिटिजन्स बैंकले पनि ६१ लाख रुपैयाँबराबरको राहत सामग्री वितरण गरेको जनाएको छ । यसबाहेक केन्द्र सरकारको कोरोना कोषमा रकम जम्मा गरेका अन्य वाणिज्य बैंकहरुले पनि विभिन्न ठाउँमा राहत सामग्री प्रदान गरेको जानकारी गराएका छन् ।

संघको कोषमा कुन बैंकको कति ?

प्राइम कमर्सियल बैंक

एक करोड ७५ लाख

एनएनबी बैंक

एक करोड ५१ लाख

राष्ट्रिय वाणिज्य बैंक

एक करोड ५० लाख

ग्लोबल आइएमई बैंक

एक करोड ५० लाख

हिमालयन बैंक

एक करोड २५ लाख

कृषि विकास बैंक

एक करोड २५ लाख

स्ट्यान्डर्ड चार्डड बैंक

एक करोड १६ लाख

नेपाल बंगलादेश बैंक

एक करोड १० लाख

प्रभु बैंक

एक करोड १ लाख

नेपाल बैंक

एक करोड

मेगा बैंक

एक करोड

नेपाल इन्भेस्टमेन्ट बैंक

एक करोड

सानिमा बैंंक

६५ लाख

बैंक अफ काठमाडौं

६५ लाख

एनसीसी बैंक

६५ लाख

एभरेष्ट बैंक

६० लाख

माछापुच्छ्रे बैंक

५१ लाख

नेपाल एसबीआई बैंक

५० लाख

सेन्चुरी कमर्सियल बैंक

५० लाख

सिभिल बैंक

४३ लाख ५० हजार

लक्ष्मी बैंक

३० लाख

नबिल बैंक

२६ लाख २८ हजार ८६८

प्रकाशित समय १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु