गृहपृष्ठ सनराइज बैंक र अष्ट्रेलियाको रोयल रेमिटबीच अनलाइन विप्रेषण सम्झौता

सनराइज बैंक र अष्ट्रेलियाको रोयल रेमिटबीच अनलाइन विप्रेषण सम्झौता

सनराइज बैंक लिमिटेड र अष्ट्रेलियास्थित ह्वाइट एभरेष्ट प्रालिद्वारा सञ्चालित रोयल रेमिटमार्फत अनलाइन माध्यमबाट विप्रेषण सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार अष्ट्रेलियामा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी रोयल रेमिट नेपालमार्फत पैसा पठाउदा उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्थासमेत गरिएको बताइएको छ ।

रोयल रेमिट नेपालमार्फत अष्ट्रेलियाबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३० शाखाहरु तथा बैंकका देशभरका १० हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत सजिलै नगद भुक्तानी लिन सकिनेछ । साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सीमित नभइ देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत केही मिनेटमै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।

सनराइज बैंकको विस्तारित सेवाबाट नेपालमा वैधानिक तवरले विप्रेषण रकम भित्रिनेमा बैंकले विश्वास लिएको छ ।

प्रकाशित समय १२:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु