गृहपृष्ठ एनएमबी ग्रिन फिक्सड डिपोजिट : प्रत्येक खातासँग तपाईंको आफ्नै एउटा बिरुवा

एनएमबी ग्रिन फिक्सड डिपोजिट : प्रत्येक खातासँग तपाईंको आफ्नै एउटा बिरुवा

मूल्य र मान्यतामा आधारित बैंकिङमा अग्रसर हुँदै एनएमबी बैंकले एनएमबी ग्रिन फिक्सड डिपोजिट सुरु गरेको छ, जहाँ ग्राहकले आफ्नो प्रत्येक नयाँ एनएमबी ग्रिन फिक्सड डिपोजिटसँगै आफ्नो नाममा बिरुवा रोपाउन पाउनेछन् ।

‘वातावरणीय संरक्षणलाई सघाउ पुर्‍याउने कार्यलाई प्रवर्धन गर्न बैंकले नयाँ फिक्सड डिपोजिट योजना ल्याएको जनाएको छ, जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको शतप्रतिशत कर्जा प्रदान गरिनेछ । एनएमबी ग्रिन फिक्सड डिपोजिट व्यवसाय र बैंकको वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने प्रयास भएको बैंकद्वारा जारी विज्ञप्तमा उल्लेख छ ।

यो योजनाले हाम्रो मूल्यवान ग्राहकलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्ने बैंकको विश्वास छ ।

प्रकाशित समय १५:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु