गृहपृष्ठ ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्रीचन्द्र भट्ट

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । मनोज ज्ञवालीले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएपछि भट्टलाई सिइओ नियुक्त गरिएको हो ।

भट्टले नेपाल इन्भेष्टमेन्ट बैंकबाट सन् १९९८ देखि बैंकिङ करिअर सुरु गरेका हुन् । उनी इन्भेष्टमेन्ट बैंकको सहायक महाप्रबन्धकसम्म भएका थिए । त्यसपछि उनी नायब प्रमुख कार्यकारी अधिकृत भएर मेगा बैंक गए । मेगा बैंकमा ६ महिना काम गरे । त्यसपछि २०७५ भदौमा भट्ट आइएमई लाइफ इन्स्योरेन्सको सिइओ भए । भट्टसँग रेमिट टु नेपाल प्रालिको सिइओको अनुभव पनि छ ।

ज्योति विकास बैंकको सिइओ नियुक्त भएपछि उनले आइएमई लाइफको सिइओबाट राजीनामा दिएका हुन् ।

प्रकाशित समय १३:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु