गृहपृष्ठ वाणिज्य बैंकहरुले गरे सीजी सिमेन्टमा लगानी
वाणिज्य बैंकहरुले गरे सीजी सिमेन्टमा लगानी
एक दर्जन वाणिज्य बैंकहरुले सीजी सिमेन्टमा लगानी गरेका छन् । सानिमा बैंकको नेतृत्वमा विभिन्न बैंकहरुले सीजी सिमेन्टमा लगानी गरेका हुन् ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सह–अगुवाई एवं ग्लोबल आइएमई बैंक, कुमारी बैंक, सनराइज बैंक, प्रभु बैंक, नेपाल बैंक, सेञ्चुरी बैंक, नेपालक्रेडिट एण्ड कमर्स बैंक र नेपाल एसबीआई बैंकले लगानी गरेका हुन् ।
प्रमुख निक्षेप व्यवस्थापन (रिटेल) का विमल बास्तोलाका अनुसार सीजी सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रालिको Clinkerization Plant को क्षमता 1,950 TPD बाट 2,950 TPD विस्तार गर्न आवश्यक थप कर्जा दुई अर्ब ३७ करोड ८० लाख रुपैयाँ गरी कुल ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सहभागी बैंकहरुबीच मिति २०७४ पौष ७ मा भएको सह–वित्तीयकरण सम्झौता भएको थियो ।
मिति २०७७ आषाढ ३० गते पुरक सह–वित्तीयकरण सम्झौता (Supplementary Syndicated Loan Agreement) सम्पन्न भएको छ । उक्त समारोहमा अगुवा बैकको तर्फबाट सो बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट सो बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे लगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाणकुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईंले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
प्रकाशित समय १४:११ बजे

















