गृहपृष्ठ एनएमबी बैंक र जडिबुटी व्यवसायी संघबीच सम्झौता
एनएमबी बैंक र जडिबुटी व्यवसायी संघबीच सम्झौता
एनएमबी बैंक र जडिबुटी व्यवसायी संघ नेपालबीच सम्झौता भएको छ । संघका सदस्यहरूको क्षमता अभिवृद्घि, वित्तीय परामर्श, खाता सञ्चालन तथा कर्जा सहुलियतसहितका विविध क्षेत्रमा साझेदारीका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी पत्रमा एनएमबी बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र जडिबुटी व्यवसायी संघ नेपालका अध्यक्ष विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् । एनएमबी बैंकले देशको दिगो विकासमा टेवा पु-याउने क्षेत्रहरु साना तथा मझौला उद्योग, कृषि, जलस्रोतलगायत उद्यमशीलता विकासमा स्थानीय स्रोत र साधनलाई परिचालन गरेर सहुलियतपूर्ण कर्जा प्रदान गर्दै आएको छ ।
देशभर एनएमबी बैंकका १६७ शाखा, १३१ एटीएमहरू र ५ एक्सटेन्सन काउन्टर छन् ।
प्रकाशित समय १९:३५ बजे

















