गृहपृष्ठ टिच फर नेपाललाई सानिमा बैंकको १० लाख सहयोग

टिच फर नेपाललाई सानिमा बैंकको १० लाख सहयोग

शैक्षिक क्षेत्रमा थप टेवा पुर्‍याउने हेतुले सानिमा बैंकले टिच फर नेपाललाई १० लाख सहयोग गरेको छ । विगतमा प्रदान गर्दै आएको सहयोगलाई सानिमा बैंकले निरन्तरता दिएको छ ।

नेपालका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सात वर्षअघि टिच फर नेपाल स्थापना भएको हो । टिच फर नेपालका तर्फबाट हाल १३८ जना शिक्षक विभिन्न सात जिल्लाका ६४ सामुदायिक विद्यालयमा कार्यरत छन्, जसबाट १० हजारभन्दा बढी विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् ।

सानिमा बैंकको प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे । सानिमा बैँकले आठ वर्षदेखि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उपत्यकाबाहिरका शाखाबाट विपन्न वर्गका विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ । सानिमा बैंकका देशका सातवटै प्रदेशमा ७९ वटा शाखा, ९ एक्सटेन्सन काउन्टर र ८१ वटा एटिएम छन् ।

प्रकाशित समय १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु