गृहपृष्ठ सरकारलाई सिद्धार्थ बैंकको अढाइ करोड सहयोग

सरकारलाई सिद्धार्थ बैंकको अढाइ करोड सहयोग

सिद्धार्थ बैंकले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई अढाइ करोडभन्दा बढी सहयोग गरेको छ । बैंकले सरकारले स्थापनका गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा  २ करोड ६७ लाख २७ हजार ९२९ रुपैयाँ सहयोग गरेको हो ।

अर्थ मन्त्रालय बैंकका अध्यक्ष मनोजकुमार केडियाले अर्थमन्त्री डा. युवराज खतिवडालाई रकम हस्तान्तरण गरेका छन् । चेक बुझ्दै अर्थमन्त्री डा. खतिवडाले बैंकको तर्फबाट प्रदान गरिएको यो सहयोग हालको परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्वको सबैभन्दा ठूलो उदाहरण भएको बताए ।

बैंकले यसअघि पनि प्रदेश सरकार तथा विभिन्न स्थनीय तहलाई गरी ७६ लाख २४ हजार ६२० रुपैयाँ सहयोग गरिसकेको छ । यससँगै कोरोनाभाइरस संक्रमण रोकथाममा बैंकले हालसम्म ३ करोड ४३ लाख ५२ हजार ५४९ रुपैयाँ सहयोग गरेको छ ।

सिद्धार्थ बैंकले हालको प्रतिकूल परिस्थितिमा सरकारले तोकेको स्वास्थसम्बन्धी मापदण्ड पूरा गरी सरकारका अन्य निकायसँगको समन्वयमा विभिन्न शाखाका साथै डिजिटल माध्यमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित समय २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु