गृहपृष्ठ रिलायन्स फाइनान्स र एफवान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता

रिलायन्स फाइनान्स र एफवान सफ्टबीच मोबाइल बैंकिङका लागि सम्झौता

रिलायन्स फाइनान्सले मोबाइल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेसनलसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा रिलायन्स फाइनान्सका सिइओ अनिल श्रेष्ठ, सिनियर म्यानेजर केशवप्रसाद खनाल र एफवान सफ्ट इन्टरनेसनलका सिइओ सुवास शर्माको उपस्थितिमा हस्ताक्षर भएको हो ।

सम्झौतासँगै एफवान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले रिलायन्स फाइनान्ससँगको सहकार्यसँगै हाम्रा साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन थप प्रतिबद्ध भएको बताए ।

सन् २००४ देखि एफवान सफ्टले बैंकिङ कारोबारसँग सम्बन्धित (वित्तीय प्रविधि) उत्पादनहरूको विकास गर्दै आएको छ । एफवान सफ्ट मोबाइल बैंकिङ र मोबाइल वित्तीय सेवामा नेपालमा पायोनियर कम्पनी हो । यो नेपालका ९५ प्रतिशतभन्दा धेरै बैंक तथा वित्तीय संस्थाका लागि सेवा दिने नेपालको अग्रणी कम्पनी हो । एफवान सफ्टले ५१ वटा सदस्य बैंकमार्फत एक करोड १० लाख ग्राहकलाई सेवा पु-याउँदै आएको जनाएको छ । मोबाइलबाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको एफवान सफ्टको दाबी छ ।

रिलायन्स फाइनान्स नेपालमा वित्तीय सेवा दिनका लागि २०६६ सालमा स्थापित नेपाल राष्ट्र बैंकबाट अनु्मति प्राप्त ‘ग’ वर्गको वित्तीय संस्था हो । बैंक तथा वित्तीय संस्था (बाफिया) ऐन २०६३ अन्तर्गत नेपालको ८४औँ फाइनान्स कम्पनीका रूपमा यसले कारोबार सुरु गरेको थियो ।

प्रकाशित समय १५:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु