गृहपृष्ठ अब बसभाडा तिर्न पैसा बोक्नु पर्दैन, सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्टबीच सम्झौता
अब बसभाडा तिर्न पैसा बोक्नु पर्दैन, सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्टबीच सम्झौता
सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच सहकार्यका लागि सम्झौता भएको छ । बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच सार्वजनिक यातायातका साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ सम्झौता भएको हो ।
सम्झौता पत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक सुरेशराज महर्जन र ३६० ट्रान्सपोर्टका प्रमुख कार्यकारी अधिकृत खुशल रेग्मीले हस्ताक्षर गरेका छन् । अब ३६० ट्रान्सपोर्टअन्तर्गत सञ्चालनमा रहेका यातायातका साधनमा बैंकको पीओएस मेसिन जडान गरिने र यात्रुले स्मार्ट प्रिपेड कार्ड प्रयोग गरी पीओएसमार्फत बसभाडा भुक्तानी गर्न सक्नेछन् । प्रयोग गरिने स्मार्ट प्रिपेड कार्ड सार्वजनिक यातायात तथा बैंकका शाखाबाट खरिद गरी लोड गर्न सकिनेछ ।
बैंकको यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप डिजिटाइजेसनको बाटोमा अग्रसर रहेको र यो सेवाबाट नगदरहित कारोबारको उपयोग बढ्नुका साथै यात्रुले केही हदसम्म भए पनि बस भाडाका लागि खुद्रा बोक्नुपर्ने झन्झट नरहने बैंकको विश्वास छ ।
प्रकाशित समय २१:५३ बजे

















