गृहपृष्ठ महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रालिबीच सम्झौता
महालक्ष्मी विकास बैंक र डाक्टर अन कल प्रालिबीच सम्झौता
महालक्ष्मी विकास बैंकले ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डाक्टर अन कल प्रालिसँग सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकका कुमारीपाटी शाखा प्रमुख अनिषसिंह सिजापति र कम्पनीका प्रबन्ध निर्देशक डा. सुमन न्यौपानेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार ग्राहक, कर्मचारीलगायत बैंकका संस्थापक/सेयरधनीहरुले डाक्टर अन कलमार्फत घरमै उपचार गराउन सक्नेछन् । यसरी उपचार गराउँदा सेवा शुल्कमा छुट पाउनेछन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक/सेयरधनीहरु साथै कर्मचारीले डाक्टर सेवामा अधिकतम ३० प्रतिशत, फिजियोथेरापीमा अधिकतम ३० प्रतिशत, नर्स केयर सेवामा अधिकतम २० प्रतिशत, ल्याब टेस्टमा अधिकतम २० प्रतिशत, डाइटिसियन सेवामा अधिकतम ३० प्रतिशत, डे«सिङ तथा इन्जेक्सन सेवामा अधिकतम १५ प्रतिशत साथै डाक्टरसँग अनलाइन कन्सल्ट, औषधी तथा मेडिकल उपकरणहरुको डेलिभरी सेवा निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।
देशका १०२ वटा शाखाबाट बंैकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै जाने सहमति गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १६:२२ बजे

















