गृहपृष्ठ एनआईसी एशिया बैंक र कन्टिनेन्टल ट्रेडिङबीच ‘फाइनान्सियल पार्टनर’को समझदारी
एनआईसी एशिया बैंक र कन्टिनेन्टल ट्रेडिङबीच ‘फाइनान्सियल पार्टनर’को समझदारी
एनआईसी एशिया बैंक लिमिटेड र किया (KIA) ब्राण्डका सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिबीच यस बैंकलाई Financing Partner बनाउने समझदारी भएको छ । समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा कम्पनीका सहायक निर्देशक आशिष पौडेलले हस्ताक्षर गरे ।
समझदारीअनुसार उक्त ब्राण्डका कार बिक्री गर्दा कम्पनीले यस बैंकलाई Financing Partner बनाउने र बैंकले KIA ब्राण्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहजता प्रदान गर्नेछ । बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत KIA ब्राण्डका कारहरू ग्राहक महानुभावहरूले खरिद गर्न सक्नेछन् । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजद्वारा बिक्री गरिने KIA ब्राण्डका कार खरिद गर्दा काठमाडौं उपत्यकाका उपभोक्ताहरूले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने आकर्षक सुविधा रहेको छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहने ग्राहकहरूले लिन सक्नेछन् ।
एनआइसी एशिया बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम २ करोड रुपैयाँसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ र बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबीच भएको छ ।
यो सुविधा उक्त कम्पनीका देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकहरूले लिनसक्ने समझदारीपत्रमा उल्लेख छ । यससँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुवै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदरसम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ । एक वर्षपश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।
यस कर्जासम्बन्धी सल्लाह, सुझाव तथा ग्राहक महानुभावहरूको गुनासो वा जिज्ञासाको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्न बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको छ । यसका लागि सवारी खरिद गर्न चाहने व्यक्तिले ९८४१७६३५८५ नम्बरमा सिधै फोन गर्न सक्नेछन् । यसबाहेक ३४४८८ मा Loan टाइप गरी एसएमएस (SMS) गरी थप जानकारी प्राप्त गर्न सकिनेछ । साथै बैंकको टोल फ्रि नम्बर १६६०-०१-७७७७१ तथा इमेल ठेगाना [email protected]मार्फत समेत कर्जाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।
प्रकाशित समय १६:०२ बजे

















