गृहपृष्ठ सिटी एक्सप्रेस मनी ट्रान्स्फरद्वारा ‘गल्बन्दी टिकटक च्यालेन्ज’ आयोजना

सिटी एक्सप्रेस मनी ट्रान्स्फरद्वारा ‘गल्बन्दी टिकटक च्यालेन्ज’ आयोजना

सिटी एक्सप्रेस मनी ट्रान्स्फरले देश विदेशमा रहेका टिकटक प्रयोगकर्ताहरुका लागि ‘सिटी एक्सप्रेस गल्बन्दी टिक-टक च्यालेन्ज’को आयोजना गरेको छ । लोकप्रिय गायक प्रकाश सपुतको निकै चर्चित ‘गल्बन्दी’ गीतको मुख्य प्रायोजक रहेको सिटी एक्सप्रेसले फेरि सोही गीत स्मरण गराउदै सिटी एक्सप्रेस गल्बन्दी टिक-टक च्यालेन्जको आयोजना गरेको छ ।

सो च्यालेन्जमा सहभागी हुनेमध्ये प्रथम, द्वितिय तथा तृतीय उत्कृष्ट भिडियोले क्रमशः १५, १०, र ५ हजार नगद पुरस्कार पाउने छ । साथै छनोटमा परेका उत्कृष्ट १० भिडियोलाई ५ सय रुपैयाँ बराबरको मोबाइल टपअप प्रदान गरिनेछ । भिडियो यही असोज १४ गतेसम्म पोस्ट गरिसक्नु पर्नेछ जसको नतिजा असोज २० गते प्रकाशन गरिनेछ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेशिया, अष्ट्रेलियालगायत संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १९:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु