गृहपृष्ठ महालक्ष्मी विकास बैंकका ऋणीलाई ब्याज रकममा १० प्रतिशत छुट
महालक्ष्मी विकास बैंकका ऋणीलाई ब्याज रकममा १० प्रतिशत छुट
महालक्ष्मी विकास बैंकले ऋणीलाई ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । कोरोनाभाइरस संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकलाई राहत पु¥याउने उद्देश्यले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा ब्याज रकमको १० प्रतिशत छुट दिने भएको हो ।
बैंकले विषम परिस्थितिमा पनि कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमानदारीको कदर गर्दै बैंकले केही कर्जामा ब्याजदरसमेत घटाएको जनाएको छ ।
देशका सहरी तथा ग्रामीण क्षेत्रका १०२ शाखा र ३४ वटा एटीएमबाट बैंकले करिब ५ लाखभन्दा बढी ग्राहकलाई प्रत्यक्ष सेवा दिइरहेको छ ।
प्रकाशित समय १७:४१ बजे

















