गृहपृष्ठ एनएमबी बैंक अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बन्दै, पीसीएएफको सञ्चालक समितिमा नियुक्त
एनएमबी बैंक अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बन्दै, पीसीएएफको सञ्चालक समितिमा नियुक्त
एनएमबी बैंक एबीएन एम्रोे, मोर्गन स्टान्ली र अग्रणी अन्तर्राष्ट्रिय बैंकहरूको संस्था कार्बन लेखा वित्तीय साझेदार (पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल– पीसीएएफ)को सञ्चालक समितिमा नियुक्त भएको छ । नेट जिरो एसेट अनर अलाइन्स (एओए) सँगको सहकार्यमा पीसीएएफले एनएमबी बैंकलाई नेतृत्व स्तरमा स्वागत गरेको हो ।
पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी मञ्च हो । यसले संस्थामा आबद्ध कम्पनीहरुको कर्जा÷लगानीसँग सम्बन्धित ग्रिन हाउस ग्यास (जीएचजी) उत्सर्जनको आंकलन गर्न र खुलासा गर्न एक सामञ्जस्यपूर्ण दृष्टिकोणको विकास र कार्यान्वयका लागि सहकार्य गर्छ । पीसीएएफले कम्पनीहरुले फाइनान्स गरेको ग्रिन हाउस ग्यास उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पत्तिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गढबन्धनसँग मिलेर काम गर्दै आएको छ ।
सेप्टेम्बरसम्ममा पीसीएएफको विश्वव्यापी प्रक्षेपण ५० खर्ब डलरभन्दा बढी सम्पत्ति छ । त्यस्तै ५० वटा वित्तीय संस्थाबाट सुरु भएको यो संस्थामा हालसम्ममा ७५ वटा वित्तीय संस्था आबद्ध भइसकेका छन् भने सम्पत्ति १२० खर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । यसले हालैमात्र ठूला वित्तीय संस्थाहरु नट वेस्ट समूह (बेलायत, पहिले स्कटल्यान्डको रोयल बैंकको रुपमा चिनिन्थ्यो), इन्भेस्टेक (दक्षिण अफ्रिका), बान्को ब्राडेस्को (ब्राजिल), ग्रुपो बानकोलम्बिया (कोलम्बिया), एक्सेस बैंक (नाइजेरिया), मोर्गन स्टानले (यूएस), सिटी (यूएस), बैंक अफ अमेरिका (यूएस), एनएन समूह (नेदरल्यान्ड्स) र डान्सके बैंक (डेनमार्क) लगायतलाइ आबद्ध गरेको छ ।
पीसीएएफको सञ्चालक समितिमा रहने उपस्थितिले मूल्य र मान्यतामा आधारित बैंकिङको जग निर्माण गर्न, एसियाबाट प्रमुख प्रतिनिधि थप्न र यसको विश्वव्यापी र विविध प्रकृतिलाई अझ विशेष गरी संस्थागत लगानीकर्ताको दृष्टिकोणबाट सुदृढ पार्न अनुमति प्राप्त हुनेछ । पीसीएएफले हाल एओएसँग सहकार्य गरिरहेको छ । एओएका प्रतिनिधिलाई आफ्नो सञ्चालक समितिमा समावेश गरेको छ ।
पुनर्गठित सञ्चालक समिति अब संख्या विस्तारभन्दा पनि एबीएन एम्रोे, अमाल्गमेटेड बैंक, एएसएनल बैंक, ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ, ट्राइओड्स बैंक, मोर्गन स्टान्ले, द नेट शून्य सम्पत्ति मालिक अलायन्स (नोर्दिया लाइफ र पेन्सनको प्रतिनिधि) र एनएमबी बैंकसहितका सबै प्रकारका वित्तीय संस्था र विश्वव्यापी उपस्थितिलाई प्रतिविम्बित गर्दै कार्बन अकाउन्टिङ फाइनान्सियलको थप विकासको नेतृत्व गर्न र कोप २६ भन्दा अगाडि पहल बढाउन उत्साहित रहेको जारी विज्ञप्तिमा उल्लेख छ । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी विश्वव्यापी तापक्रम वृद्घिलाई सुरक्षित सीमाभित्र राख्नु हामी सबैका लागि महत्वपूर्ण रहेको परिप्रेक्ष्यमा यो अभियानको हिस्सा हुन पाउनु गर्वको विषय भएको बताउँछन् । पीसीएएफको स्थापना सन् २०१६ सेप्टेम्बरमा भएको हो ।
प्रकाशित समय १२:३९ बजे

















