गृहपृष्ठ निसानका गाडी किन्दा २० लाख रुपैयाँसम्म नगद छुट
निसानका गाडी किन्दा २० लाख रुपैयाँसम्म नगद छुट
निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’ उपहार योजना ल्याएको छ । चाडपर्व अफरअन्तर्गत ग्राहकले शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्न सक्नुका साथै २० लाखसम्म नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।
शून्य प्रतिशत डाउन पेमेन्टमा गाडी खरिद गर्दा ९ महिनासम्मको इएमआई कम्पनीले तिरिदिने तर उक्त अफर नलिए २० लाखसम्म नगद छुट दिने जारी विज्ञप्तिमा उल्लेख छ । निसानका गाडी खरिदकर्ताले ३५ हजार ९९९ रुपैयाँ मूल्यको रेडमी नोट ९ प्रो म्याक्स मोबाइल फोन पनि प्राप्त गर्नेछन् ।
चाडपर्व अफरअन्तर्गत ग्राहकले हरेक निसान गाडीको खरिदमा ५० हजारसम्मको एसेसोरिज, एक वर्षको बिमा, १० वर्षसम्मको फाइनान्सिङ, बोस्च हाई प्रेसर वासर, तीन वर्षको वारेन्टी, तीन वर्षसम्म सर्भिसिङ, लोयल्टी बोनस, चालू आर्थिक वर्ष २०७७/७८ को सडक कर सुविधा पाउनेछन् । त्यस्तै स्पट एक्सचेन्जको सुविधा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित समय १२:५३ बजे

















