गृहपृष्ठ सिटी एक्सप्रेसको चाडपर्व योजना : हरेक दिन १ जनालाई १० हजार रुपैयाँ उपहार
सिटी एक्सप्रेसको चाडपर्व योजना : हरेक दिन १ जनालाई १० हजार रुपैयाँ उपहार
सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीहरुको महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुसँग पर्वको खुशी साट्न लगातार ६० दिनसम्म चल्ने ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्स्प्रेसको यो उपहार योजनाअन्तर्गत ‘लक्की ड्र’मार्फत ६० दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिने छ । कम्पनीका अनुसार यो अफर असोज १५ देखि मंसिर १५ सम्म लागू हुनेछ ।
यस अवधिभर सिटी एक्सप्रेसमार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागू नहुुने कम्पनीले उल्लेख गरेको छ ।
सिटी एक्सप्रेसले १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुबेत, मलेसिया, अष्ट्रेलियालगायत संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु सिटी एक्सप्रेसले प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय ११:२२ बजे

















