गृहपृष्ठ प्रभु बैंकद्वारा बागलुङको बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग
प्रभु बैंकद्वारा बागलुङको बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक योजनामन्त्री राम शरण बस्नेतले बाढीपहिरोग्रस्त बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ क्षेत्रको बिहीबार निरीक्षण गरेका छन् ।
उक्त अवसरमा बाढी प्रभावित स्थानीयहरुसँग प्रत्यक्ष भेटघाट गरी केन्द्रीय विद्युत प्रसारण लाइनको सेवा पु¥याउने क्षतविक्षत भएका संरचनाहरुको निर्माणका लागि प्रदेशका तर्फबाट विशेष प्रकारको सुविधासम्पन्न सेवा प्रवाहका लागि कार्यालय स्थापना गर्ने जानकारी दिइयो । करिब ३७ जनाले ज्यान गुमाएको, विद्यालय, स्वास्थ्य चौकी, लघु जलविद्युत, पुल र १०० वटा घर उक्त घटनाको कारण क्षतिग्रस्त भएका छन् ।
बुर्तिबाङ बजारमा आयोजित कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख, आर्थिक मामिलामन्त्री र भौतिक योजनामन्त्री पीडितको राहत र व्यवस्थापनका लागि काम भइरहेको बताए । सो अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्वारा नगरपालिकालाई बाढीपिडित उद्वार कोषमा रहने गरी पाँच लाख रुपैयाँ सहयोग प्रदान गरे ।
प्रकाशित समय १९:०१ बजे

















