गृहपृष्ठ ग्लोबल आइएमई बैंकका थप दुई शाखारहित बैंकिङ सेवा सञ्चालन
ग्लोबल आइएमई बैंकका थप दुई शाखारहित बैंकिङ सेवा सञ्चालन
ग्लोबल आइएमई बैंकले बैतडीको थाड र संखुवासभाको खराङमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यससँगै देशभर बैंकका शाखारहित बैंकिङ इकाइ संख्या २२२ पुगेको छ ।
बैतडीको भूमेश्वर नगरपालिका ४, थाडमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा प्रेमसिंह महरा र संखुवासभाको चैनपुर नगरपालिका १० खराङमा खोलिएको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिमा ललितबहादुर कटुवाललाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
प्रकाशित समय १७:०४ बजे

















