गृहपृष्ठ माछापुच्छ्रे बैंक : स्थापनाको दुई दशक पूरा
माछापुच्छ्रे बैंक : स्थापनाको दुई दशक पूरा
माछापुच्छ्रे बैंक स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । २०औं वार्षिकोत्सव मनाउँदै गर्दा थप सबल बन्दै ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न बैंकले आफूलाई स्मार्ट बैंकको रुपमा उभ्याएको जनाएको छ ।
ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै स्थापना कालदेखि नै समयानुकूल परिष्कृत र परिमार्जित सेवा सुविधा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले २०औँ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवा र योजना एकैसाथ सञ्चालनमा ल्याएको छ ।
बैंकले नेपालमै पहिलोपटक वि च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकले क्युआर कोड स्क्यान गरी खाताबाट नगद निकाल्न सक्ने गरी एमबीएल स्मार्ट काउन्टर पनि सुरु गरेको छ । बैंकले नयाँ स्मार्ट वेबसाइट पनि आजैबाट सुरुवात गरेको छ । ग्राहकले स्मार्ट वेबसाइटबाट बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाइन आवेदन दिन सक्नेछन् ।
माछापुच्छ«्रे बैंकले २०औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि २०-२० (ट्वेन्टी-ट्वेन्टी) अफर पनि सञ्चालनमा ल्याएको छ । बैंकले दरबार मार्ग र लाजिम्पाटमा ग्राहकको सुविधालाई मध्यनजर गर्दै चाँडै प्रायोरिटी काउन्टर पनि सञ्चालनमा ल्याउने जनाएको छ ।
बैंकले वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा १६०औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । स्थापनाको २१ वर्षमा आइपुग्दा बैंकले देशका विभिन्न जिल्लामा १६० वटा शाखा, १३३ शाखारहित बैँकिङ सेवा र पाँचवटा एक्सटेन्सन काउन्टरसमेत गरी २९८ स्थानबाट बैंकिङ सेवा प्रदान गरिरहेको छ । बैंकका देशभर १९९ वटा एटीएम काउन्टर सञ्चालनमा छन् ।
प्रकाशित समय २१:१९ बजे

















