गृहपृष्ठ एनएमबी बैंक र कन्टिनेन्टल ट्रेडिङबीच सहमति, कियाका गाडी किन्दा २४ घण्टामै अटो लोन

एनएमबी बैंक र कन्टिनेन्टल ट्रेडिङबीच सहमति, कियाका गाडी किन्दा २४ घण्टामै अटो लोन

एनएमबी बैंकले किया अटोमोबाइलका गाडी किन्न २४ घण्टाभित्रै अटो लोन स्वीकृत गर्ने भएको छ । एनएमबी बैंक र नेपालमा किया अटोमोबाइलको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबीच किया अटोमोबाइलका गाडी किन्न २४ घण्टामै लोन स्वीकृत गर्ने गरी सहमति भएको हो ।

किया अटोमोबाइलको प्राथमिक फाइनान्सिङमा सहज कार्यान्वयनका लागि भएको द्विपक्षीय समझदारी पत्रमा एनएमबी बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र कन्टिनेन्टल ट्रेडिङका निर्देशक आशिष पौड्यालले हस्ताक्षर गरेका छन् । दक्षिण कोरियाबाट आयातित उत्कृष्ट अटोमोबाइल ब्रान्डको आयातकर्ता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजसँगको सहकार्यले ग्राहकलाई सहज वित्तीय सुविधामा गाडी खरिदको अवसर प्राप्त हुने बैंकको विश्वास छ ।

प्रकाशित समय १४:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु