गृहपृष्ठ सनराइज बैंकको चाडवर्ड योजनामा एफवन सफ्टसँग सहकार्य
सनराइज बैंकको चाडवर्ड योजनामा एफवन सफ्टसँग सहकार्य
सनराइज बैंकले ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौँ’ भन्ने अभियानअन्तर्गत आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ ।
डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवन सफ्टसँग सहकार्य गरी नयाँ योजना ल्याएको हो । यो योजनाअन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना ग्राहकलाई एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।
नयाँ ग्राहकलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले आफ्नो १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कार्तिक १ गतेदेखि मंसिर ५गतेसम्मको लागि यो योजना ल्याएको हो ।
प्रकाशित समय १९:११ बजे

















