गृहपृष्ठ सनराइज बैंकको ५१औं शाखारहित बैंकिङ सेवा रुपन्देहीको गणेशपुरमा

सनराइज बैंकको ५१औं शाखारहित बैंकिङ सेवा रुपन्देहीको गणेशपुरमा

सनराइज बैंकल रुपन्देहीको गणेशपुरमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवा नपुगेका विभिन्न स्थानमा बैंकिङ सेवा पु-याउँदै जाने उद्देश्यका साथ बैंकले तिलोत्तमा नगरपालिका ६ गणेशपुरमा ५१औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

सेवाको सुरुवात बुधबार आयोजित एक कार्यक्रममा तिलोत्तमा नगरपालिका ६ का सदस्य संगीता गुरुङले गरेकी छन् । कार्यक्रममा सदस्य गुरुङ र मणिग्राम शाखा प्रबन्धक अरुण पाण्डेले संयुक्त रुपमा बैंकको शाखारहित बैंकिङ सेवा प्रतिनिधि प्रशान्त न्यौपानेलाई प्वाइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका थिए ।

प्वाइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यो सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवा लिन सक्नेछन् ।

हालसम्म सनराइज बैंकले १३५ शाखा, ५१ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु