गृहपृष्ठ जलविद्युत सम्भावनाबारे अध्ययन गर्न प्रभु ग्रुपको टोली बझाङमा

जलविद्युत सम्भावनाबारे अध्ययन गर्न प्रभु ग्रुपको टोली बझाङमा

सुदूरपश्चिम क्षेत्रमा पर्यटन र हाइड्रोपावरमा लगानी गर्ने उद्देश्यले स्थलगत अध्ययन गर्न प्रभु ग्रुपको टोली बझाङ पुगेको छ । सुदूरपश्चिमको पर्यटकीय तीर्थस्थल खप्तड र बझाङमा हाइड्रोपावरको सम्भावनाबारे अध्ययन गर्न टोली सो क्षेत्र पुगेको हो ।

अइतबार टोलीले जिल्लाको साइपाल गाउँपालिका र खप्तडमा भ्रमण गरेको छ । खप्तडमा गेस्टहाउस र साइपाल गाउँपालिकामा हाइड्रोपावर बनाउनका लागि स्थलगत निरीक्षण गरेको प्रभु ग्रुपका बिनोद शेरचनले बताए । उनका अनुसार साइपाल गाउँपालिकाको सेती नदी र घाँटगंगा खोलाको दोभानमा २१६ मेगावाट क्षमताको हाइड्रोपावर निर्माणका लागि सर्भे गरिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) कार्यकारी निर्देशक चन्दसिहं साउँद, प्रभु ग्रुपका बिनोद शेरचन र सुभास अमात्य, इन्जिनियरलगायतको टोलीले अध्ययन गरेको थियो । टोलीले बझाङका प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालासँग स्थलगत अध्ययनबारे जानकारी गराएको बताइएको छ ।

प्रकाशित समय २१:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु