गृहपृष्ठ सुर्खेत जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

सुर्खेत जिल्ला प्रशासनमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

प्रभु बैंकले सेवा विस्तार गर्ने क्रममा सुर्खेत जिल्लाको विरेन्द्रनगर नगरपालिका ७ स्थित प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आएको सो काउण्टरबाट बिहीबारदेखि कारोबार सुरु भएको हो ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले सुर्खेतमा पनि सेवा विस्तार गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने भएको बैंकले जनाएको छ । प्रभु बैंकले २११ वटा शाखा कार्यालय, २०१ वटा एटीएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १८ वटा शाखारहित बैंकिङ सेवामार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

प्रकाशित समय १९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु