गृहपृष्ठ एनआइसी एशिया बैंकले ल्यायो ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजना

एनआइसी एशिया बैंकले ल्यायो ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजना

विभिन्न चमत्कारिक फाइदायुक्त निक्षेप योजनाहरु सञ्चालन गर्दै आइरहेको एनआइसी एशिया बैंकले ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजना ल्याएको छ । गतिशील बैंकिङ अभ्यासद्वारा ग्राहककेन्द्रित आकर्षक योजनाहरु पस्किने क्रममा ग्राहकहरुको आवश्यकता, चाहना र समयअनुरुप यस योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले समयको मागलाई उचित पहिचान गर्दै दीर्घकालीन रुपमा लगानी गरी उच्च र आकर्षक प्रतिफल चाहने व्यक्तिगत र संस्थागत दुवै निक्षेपकर्ता ग्राहकहरुको लागि यो योजना ल्याएको छ । यस योजनाअन्तर्गत व्यक्तिगत निक्षेपकर्ताको हकमा सुरुमा ‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजनामा जम्मा गरेको रकम ७ वर्ष ७ महिनाको अवधिमा डबल हुनेछ भने संस्थागत निक्षेपकर्ताको हकमा जम्मा गरेको ८ वर्ष ८ महिनाको अवधिमा रकम डबल हुनेछ । यो योजनामा सहभागी हुनको लागि न्यूनतम रकम १० हजार रुपैयाँ रहेको छ ।

‘डबल डिपोजिट’ मुद्दति निक्षेप योजनाको समयअवधि सकिएपछि प्राप्त हुने दोब्बर रकममा नियमअनुसार सम्पूर्ण आयकर कट्टा भइसकेको हुनाले ग्राहकहरुले दोब्बर रकम नै प्राप्त गर्नेछन् । उक्त निक्षेप अवधिको अन्त्यमा प्राप्त हुने दोब्बर रकम कर कट्टा भएपश्चात रहेकाले ग्राहक महानुभावहरुले थप फाइदा पुग्ने बैंकले विश्वास लिएको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले उक्त मुद्दति निक्षेप खातामा रहेको रकमको ९० प्रतिशतसम्म कर्जा सुविधासमेत लिन सकिने व्यवस्था रहेको छ ।

यस योजना दीर्घकालीन रुपमा लगानी गर्न इच्छुक ग्राहकहरुको लागि स्वर्णिम अवसर बन्ने र ग्राहकहरुको अहिलेको आवश्यता अनुसारको रहेको यस मुद्दति निक्षेप योजनालाई ग्राहकहरुले रुचाउने बैंकको विश्वास छ । यस योजनाअन्तर्गत दीर्घकालीन लगानी गर्न इच्छुक ग्राहकहरूले आफूलाई सहज हुने एनआइसी एशिया बैंकको कुनै पनि शाखा कार्यलयमा गई उक्त मुद्दति निक्षेप खाता खोली ‘डबल डिपोजिट’को फाईदा लिन सक्नेछन् ।

प्रकाशित समय १३:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु