गृहपृष्ठ एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड सम्मानित

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड उत्कृष्ट कर सहभागिता गरेको विधामा सम्मानित भएको छ । जाजरकोटमा आइतबार आयोजित एक कार्यक्रमका बीच एनआइसी एसिया लघुवित्त वित्तीय संस्थालाई प्रमुख कर अधिकृत  डा. रामप्रसाद मैनालीले सम्मानित गरेका हुन् । जाजरकोट जस्तो विकट जिल्लामा केन्द्रीय कार्यालय रहेर पनि देशभर व्यवसायिक सेवा सुविधा प्रदान गरिरहेको  संस्थाले सर्वोत्कृष्ट आयकर सहभागिता जनाई उत्कृष्ट भएको हो ।

कर्णाली प्रदेशको विकट जिल्ला जाजरकोटमा केन्द्रीय कार्यालय स्थापना गरी देशैभरि शाखा सञ्चालन विस्तार गरि छोटो अवधिमा नै सरकारप्रतिको दायित्वमा आयकरमार्फत् उत्कृष्ट योगदान गर्न सफल भएकोमा संस्था गौरवान्भित भएको छ । संस्थाले हालसम्म संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत करिब ११ लाख र आयकरअन्तर्गत करिब ८ करोड ४६ लाख गरि ८ करोड ५७ लाख रूपैयाँ राजस्व जम्मा गरेको छ । दुर्गम स्थानबाट सेवा प्रदान गरी यति धेरै योगदान राजस्वमा गर्न सकिएकोमा  संस्था गौरवान्वित भएको छ ।

यस संस्थाले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च योगदान गर्न सफल भएको छ । आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र यस संस्था प्रतिको भरोसा सहित हाल १२० शाखा कार्यालयहरुबाट करिब ४७ हजार सदस्यहरु सहित ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

‘साथीसँगै सबल बन्दै’ भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

प्रकाशित समय १४:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु