गृहपृष्ठ सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर्राष्ट्रिय अवार्ड

सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर्राष्ट्रिय अवार्ड

सिटी एक्सप्रेस मनी ट्रान्सफरले अमेरिकाको फ्लोरिडामा आयोजित Remtech Awards 2020 मा ‘पपुलारिटी अवार्ड’ जित्न सफल भएको छ । रेमिटान्स क्षेत्रमा नेपालबाट सामाजिक प्रभावका निम्ति अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको यो पहिलोपटक हो । नोभेम्बर १८ मा आयोजित कार्यक्रममा संसारभरबाट ३२ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

रेमिटान्स क्षेत्रमा प्रभावकारी एवं कानुनी उत्तरदायित्व बहन गरी विश्वासिलो सेवा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव पार्न सफल भएकाले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । अवार्ड प्राप्तपछि रेमिटान्स क्षेत्रमा आफ्नो जिम्मेवारी अझ थपिएको र अबका दिनमा झनै चुस्त, दुरुस्त, छिटो छरितो एवं प्रभावकारी गराउन कोशिस गर्ने सिटी एक्सप्रेसले प्रतिवद्धता व्यक्त गरेको छ । हरेक वर्ष विश्वका विभिन्न मुलुकहरुबाट भित्रिने विप्रेषणलाई सुव्यवस्थित गर्न र आप्रवासीहरुलाई विश्वासिलो सेवा प्रदान गर्ने सहयोगको वातावरणलाई प्रोत्साहित गर्न अवार्ड वितरण हुने गरेको छ ।

सिटी एक्सप्रेसले १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत देशभर छरिएर रहेका दश हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, छरितो एवं विश्वासिलो तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु सिटी एक्सप्रेसले प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय १२:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु