गृहपृष्ठ सानिमा बैंकद्वारा ‘कर्पोरेट पे’ प्रणालीको थालनी

सानिमा बैंकद्वारा ‘कर्पोरेट पे’ प्रणालीको थालनी

sanima-bank-newskarobar

सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलोपटक ‘कर्पोरेट पे’  प्रणालीमार्फत सुरु गरेको छ । ‘कर्पोरेट पे’ सोलुशन नेपाल क्लियरिङ हाउसद्वारा प्रवर्द्धित बैंकिङ कारोबार गर्ने विद्युतीय माध्यम हो ।

बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गरेको उक्त डिजिटल भुक्तानी प्रणालीमार्फत कर्मचारीलाई तलब भुक्तानी, तेस्रो पक्षलाई भुक्तानी, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु बैंक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्ट आईपीएस अथवा एनसीएचएल- आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी गर्न सक्नेछन् ।

‘कर्पोरेट पे’मा आबद्ध हुनका लागि व्यवसायिक ग्राहकले आवश्यक प्रक्रिया पूरा गरी आफैँले तोकेको कारोबार सीमाभित्र कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना नै गर्न सक्दछन् । यस प्रणालीमा मल्टी लेयर अथेन्टिक एक्सनको सुरक्षित व्यवस्था गरिएको छ । कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र प्रयोग गर्न पाउने छन् । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै आएको सानिमा बैंकले यस प्रणालीको थालनीलाई एक महत्वपूर्ण कदमको रुपमा समेत लिएको छ ।

सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटीएम  सञ्चालनमा रहेका छन् ।

प्रकाशित समय १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु