गृहपृष्ठ महालक्ष्मी विकास बैंकले कर्पोरेट पे प्रणाली सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले कर्पोरेट पे प्रणाली सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले आफ्ना संस्थागत ग्राहकका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणाली सुरु गर्न नेपाल क्लियरिङ हाउससँग सम्झौता गरेको छ । बैंकले व्यावसायिक ग्राहकलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्ममार्फत बैंकमा नगई आफैँले रकमान्तर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानीलगायतका विभिन्न व्यावसायिक भुक्तानी खाताबाटै सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत कनेक्टआइपीएस अथवा एनसीएलएल–आइपीएसमा रियल–टाइम वा नन–रियलटाइममा भुक्तानी कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।

कर्पोरेट पेमा आबद्ध हुनका लागि ग्राहकले बैंकमा सम्पर्क गरी स्वीकृतिलगायतका आवश्यक प्रक्रिया पूरा गरेर बैंकबाट सो सेवा प्राप्त गर्न सक्नेछन् । यसपश्चात प्रयोगकर्ता आफैँले तोकिएको सीमा कारोबारभित्र कुनै पनि भुक्तानी बैंकको प्रत्यक्ष संलग्नताबिना गर्न सक्छन् । सीमाभन्दा बढिको कारोबार गर्न बैंकको थप जाँचपश्चात प्रोसेस हुने व्यवस्था छ ।

यस प्रणालीमा पहुँच पाउन मल्टी–लायर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ । त्यसैले कुनै पनि कारोबार प्रविष्ट र एपु्रभ गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताले मात्र गर्न पाउने गरी यो प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको छ । ग्राहकले आवश्यकताअनुरुप यो प्रणालीमा एकभन्दा बढी बैंक खाता पनि लिङ्क गरी कारोबार गर्न सक्नेछन् ।

सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकका कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय १३:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु