गृहपृष्ठ वार्षिकोत्सवको अवसरमा सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना
वार्षिकोत्सवको अवसरमा सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना
सानिमा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसँगको सहकार्यमा बैंकले रक्तदानकार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडि रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न आवश्यक सुरक्षा नीति समेत अपनाइएको थियो ।
आज शुक्रबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे । बैंकले स्थापना काल देखिनै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम सञ्चालनमा रहेका छन् ।
प्रकाशित समय १५:१० बजे

















