गृहपृष्ठ सनराइज बैंकको ५५ औं शाखारहित बैंकिङ सेवा झापामा
सनराइज बैंकको ५५ औं शाखारहित बैंकिङ सेवा झापामा
सनराइज बैंक लिमिटेडले झापाको भद्रपुर नगरपालिका–१, पृथ्वीनगर कुलेचौकमा शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५५ पुगेको छ ।
बैंकले भद्रपुर नगरपालिका वडा नं १, पृथ्वीनगर – कुलेचौकमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गौरव लुईंटेललार्ई नियुक्त गरेको छ । बुधबार आयोजित कार्यक्रममा प्रमुख अतिथिमा भद्रपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दशरथ प्रधानको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा सनराइज बैंक, प्रदेश १ का प्रदेश प्रमुख विवेक निरौला, भद्रपुर शाखाका शाखा प्रबन्धक भिषण निरौला र अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सक्ने छन् ।
यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५५ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत ७ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवा विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।
प्रकाशित समय १६:५५ बजे

















