गृहपृष्ठ मेगा बैँकले ल्यायो ‘मेगा अभिभावक बचत खाता’, पाँच लाखको दुर्घटना बिमा

मेगा बैँकले ल्यायो ‘मेगा अभिभावक बचत खाता’, पाँच लाखको दुर्घटना बिमा

Mega-Bank-newskarobar

मेगा बैँक नेपालले ‘मेगा अभिभावक बचत खाता’ नामको आकर्षक बचत योजना ल्याएको छ । बचतसँगै छोराछोरीको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले ‘मेगा अभिभावक बचत खाता’ ल्याइएको बैँकले जनाएको छ । न्यूनतम ५ सय रुपैयाँ बचत हुनुपर्ने यो खातामा ४.५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा र छुटको व्यवस्था गरिएको छ । त्यस्तै खातावालाले ५ लाख रुपैयाँको दुर्घटना बिमाको सुविधा पाउनेछन् ।

यसैगरी, मोबाइल बैँकिङ, भिसा डेबिट कार्ड, चेकबुक र अनलाइन बैँकिङ सुविधा निःशुल्क रुपमा उपलब्ध गराइने बैँकले जनाएको छ । खातावालालाई डिम्याट खाता तथा सेयर लगानीसम्बन्धी बिभिन्न आकर्षक विशेष सुविधा पनि यो योजनामा समेटिएका छन् । खाताबाट सिधै शैक्षिक शुल्क भुक्तानी गर्न सकिने व्यवस्था पनि मिलाइएको छ । बैँकका देशभरका २०६ वटै शाखा र ३४ वटा एक्सटेन्सन काउन्टरबाट यो योजनाअन्तर्गत खाता खोल्न सकिने मेगा बैँकले जनाएको छ ।

प्रकाशित समय २०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु