गृहपृष्ठ नेपाल एसबीआई बैँकको साधारण सभा पुस २८ गते
नेपाल एसबीआई बैँकको साधारण सभा पुस २८ गते
नेपाल एसबीआई बैँकले पुस २८ गते २७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । साधारण सभाबाट बैँकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे सुरु हुनेछ । बैँकले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र करसहित ३.४७ प्रतिशत नगद लाभांश वितरण गर्दै छ । साधारण सभाले मर्जर तथा एक्विजिसनका लागि उपयुक्त बैँक तथा वित्तीय संस्थासँग छलफल अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैँकले पुस १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले बैँकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैँकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । साधारण सभामा अनलाइनबाट पनि सहभागिता जनाउन सकिनेछ ।
प्रकाशित समय १५:१८ बजे

















