गृहपृष्ठ सिटिजन्स बैँक र महिला उद्यमी महासंघबीच सम्झौता

सिटिजन्स बैँक र महिला उद्यमी महासंघबीच सम्झौता

सिटिजन्स बैँकले महिला उद्यमी महासंघ नेपालमा आबद्ध महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । बुधबार बैँक र महास‌ंघबीच महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको हो ।

बैँकले १५ लाखसम्म महिला उद्यमशीलता कर्जा सहुलियतपूर्ण दरमा प्रदान गर्ने जनाएको छ । महिला उद्यमशिलताको विकासका लागि यो सम्झौता फलदायी हुने बैँकको विश्वास छ । बैँकले देशभरका १०९ वटा शाखाबाट शीर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु