गृहपृष्ठ नक्साल तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी

नक्साल तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवर्द्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहलअन्तर्गत नक्साल स्थित तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ । नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा फलपूmल तथा तरकारी खरिद गर्दा क्यूआर कोडबाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी भयो । यस तरकारी बजारमा अपवादबाहेक सम्पूर्ण पसलहरुमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने छ ।

डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको परिप्रेक्ष्यमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिँदै दैनिक उपभोग गर्ने वस्तुहरुको खरिदमा डिजिटल बंैकिङको प्रयोगलाई बढावा दिन यो नमुना मोडलको थालनी भएको भन्ने हामीले बुझेका छौें । कार्यक्रममा नेपाल राष्ट्र बैंक र सानिमा बैंकका कर्मचारीलगायत उपस्थित दर्शक तथा ग्राहकहरुले पनि फोन पे सञ्जालअन्तर्गतका क्यूआर कोडबाट भुक्तानी गरी डिजिटल बैंकिङको अनुभव लिएको सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं बताए ।

डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोर्ड वितरण गरेको थियो । त्यसैगरी भाइनेट कम्युनिकेशनद्वारा निःशुल्क वाइफाईको व्यवस्था गरेको छ । खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा क्यूआर कोर्डबाट कारोबार निकै सरल र सुरक्षित रहेको पाइएको छ ।

प्रकाशित समय ११:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु