गृहपृष्ठ कामना सेवा विकास बैँकले कर्पोरेट पे सञ्चालन गर्ने
कामना सेवा विकास बैँकले कर्पोरेट पे सञ्चालन गर्ने
कामना सेवा विकास बैँक र नेपाल क्लियरिङ हाउसबीच कर्पोरेट पे सञ्चालन गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधान र बैँकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।
यस सेवामार्फत कर्पोरेट ग्राहकले सरल तथा सुरक्षित तवरबाट फन्ड टान्सर्फर, विभिन्न प्रकारका भुक्तानी, सरकारी करलगायत अन्य धेरै डिजिटल पेमेन्ट घरबाटै भुक्तानी गर्न सक्नेछन् । बैँकले यो सेवा छिट्टै सञ्चालनमा ल्याउने तथा यो सेवाले कोभिड-१९ को चुनौतीपूर्ण अवस्थामा डिजिटल कारोबार गर्न थप सहजता प्रदान गर्ने जनाएको छ । कामना सेवाले १२४ वटा शाखा, एक एक्सटेन्सन काउन्टर, ६६ वटा एटीएम तथा सोसल मिडिया बैँकिङ प्याल्टफर्ममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित समय २०:३४ बजे

















