गृहपृष्ठ सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैँकबीच सहुलियतपुर्ण सवारी कर्जा सम्झौता

सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैँकबीच सहुलियतपुर्ण सवारी कर्जा सम्झौता

सिप्रदी ट्रेडिङ र राष्ट्रिय वाणिज्य बैँकबीच सहुलियतपूर्ण सवारी कर्जा सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैँक र सिप्रदी ट्रेडिङबीच सोमबार सहुलियतपूर्ण तथा सवारी कर्जा लगानी गर्ने सम्बन्धमा दुईवटा अलग–अलग सम्झौता भएका हुन् ।

सम्झौता पत्रमा बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले हस्ताक्षर गरेका छन् । सहुलियतपूर्ण कर्जा लगानीसम्बन्धी सम्झौताअनुसार टाटा कम्पनीका व्यापारिक सवारी साधन खरिद गरेर व्यवसाय गर्न चाहने उद्यमीलाई सिप्रदीले आवश्यक तालिम प्रदान गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाका लागि बैँकमा सिफारिस गर्ने र सोही उद्यमीलाई बैँकले सहुलियपूर्ण कर्जा लगानी गर्नेछ ।

त्यस्तै निजी तथा व्यापारिक सवारी कर्जा लगानीसम्बन्धी सम्झौताअनुसार टाटा कम्पनीका निजी तथा व्यापारिक सवारी साधन सिप्रदी ट्रेडिङमार्फत खरीद गर्न चाहनेलाई बैँकले नियमानुसार कर्जा लगानी गर्नेछ ।

हस्ताक्षर कार्यक्रममा बैँकका सीईओ किरणकुमार श्रेष्ठले बैँकको प्रतिस्पर्धी क्षमता बढाउन ठूला व्यापारिक संस्थासँगको सहकार्य फलदायी हुने बताए । त्यस्तै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले यस्ता सम्झौताले व्यक्तिको आयस्तर बढ्नुका साथै देशको अर्थतन्त्र उकास्न टेवा पुग्ने धारणा राखे । बैँकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सम्झौताले दुबै संस्थाको व्यवसाय वृद्धिमा सहयोग पुग्ने बताए ।

प्रकाशित समय ०७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु