गृहपृष्ठ बैँकर्स संघको उपाध्यक्षमा उपाध्याय, सदस्यमा कोइराला र दे
बैँकर्स संघको उपाध्यक्षमा उपाध्याय, सदस्यमा कोइराला र दे
नेपाल बैँकर्स संघको उपाध्यक्षमा अनिलकुमार उपाध्याय निर्वाचित भएका छन् । संघको मंगलबार सम्पन्न वार्षिक साधारण सभाले कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपाध्यायलाई उपाध्यक्ष पदमा चयन गरेको हो ।
साधारण सभाले माछापुच्छ्रे बैँकका सीईओ सन्तोष कोइराला र नेपाल एसबीआई बैँकका सीईओ दीपककुमार देलाई कार्यकारिणी समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । संघमा १५ वर्षयता पहिलोपटक सरकारी स्वामित्वका कम्पनीबाट उपाध्यक्ष पदमा उपाध्याय पुगेका हुन् । उपाध्यक्ष नै सर्वसम्मतीले अध्यक्ष हुने व्यवस्था संघको विधानमा उल्लेख छ ।
गत वर्ष उपाध्यक्षमा निर्वाचित नेपाल एसबीआई बैँकका सीईओ अनुकूल भट्नागर भारत फिर्ता भएसँगै उपाध्यक्ष पद रिक्त थियो । त्यस्तै, एक रिक्त सदस्य पदमा माछापुच्छ्रेका सीईओ कोइराला चयन भएका छन् भने सिभिल बैँकका सीईओ गोविन्द गुरुङको कार्यकाल सकिएकाले त्यसमा एसबीआईका देलाई चयन गरिएको छ ।
साधारण सभामा पूर्वगभर्नर एवं नबिल बैँकका पूर्वअध्यक्ष सत्येन्द्रप्यारा श्रेष्ठलाई सम्मान गरिएको छ ।
को को छन् बैँकर्स संघमा ?
१. भुवन दाहाल, सीईओ, सानिमा बैँक – अध्यक्ष
२. ज्ञानेन्द्रप्रसाद ढुंगाना, सीईओ, नेपाल बंगलादेश बैँक – निवर्तमान अध्यक्ष
३. अनिल उपाध्याय, सीईओ, कृषि विकास बैँक – उपाध्यक्ष
४. सन्तोष कोइराला, सीईओ, माछापुच्छ्रे बैँक – सदस्य
५. सुनिल केसी, सीईओ, एनएमबी बैँक – सदस्य
६. रमेशराज अर्याल, सीईओ, एनसीसी बैँक – सदस्य
७. दीपककुमार दे, सीईओ, नेपाल एसबीआई बैँक – सदस्य
८. जनक शर्मा पौडेल, सीईओ, सनराइज बैँक – सदस्य
९. कृष्णबहादुर अधिकारी, सीईओ, नेपाल बैँक – सदस्य
१०. अनुपमा खुञ्जेली, सीईओ, मेगा बैँक – सदस्य
११. अनिलकेशरी शाह, सीईओ, नबिल बैँक – सल्लाहकार
१२. अशोकशमशेर जबरा, सीईओ, हिमालयन बैँक – सल्लाहकार
प्रकाशित समय १३:२१ बजे

















