गृहपृष्ठ माछापुच्छ्रे बैँकको शाखारहित बैँकिङ इकाइ संख्या १४८ पुग्यो

माछापुच्छ्रे बैँकको शाखारहित बैँकिङ इकाइ संख्या १४८ पुग्यो

माछापुच्छ्रे बैँकको शाखारहित बैँकिङ इकाइ संख्या १४८ पुगेको छ । बैँकका शाखारहित इकाइ संख्या १४२ रहेकोमा हालै थप ६ स्थानमा शाखारहित बैँकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैँकले भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोट, सिराहाको नरहा गाउँपालिका ३ नरहा, महोत्तरीको एकडारा गाउँपालिका ५ कोलहुवा बगैया, मुगुको खत्याड गाउँपालिका ११ रातापानी तथा झापाको शिवसताक्षी नगरपालिका १० माईधार र कनकाई नगरपालिका ९ घैलाडुब्बामा शाखारहित बैँकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैँकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैँकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैँकले शाखारहित बैँकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिट्यान्स भुक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिने बैँकले जनाएको छ ।

बैँकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित समय १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु