गृहपृष्ठ नेपाल बंगलादेश बैँकद्वारा फ्रेन्डसिप फाउन्डेसनलाई सहयोग

नेपाल बंगलादेश बैँकद्वारा फ्रेन्डसिप फाउन्डेसनलाई सहयोग

नेपाल बंगलादेश बैँकले फ्रेन्डसिप फाउन्डेसन नेपाललाई ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैँकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पुस १७ गते काठमाडौं महानगरपालिका ३ पानीपोखरीमा कार्यालय रहेको फ्रेन्डसिप फाउन्डेसनलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

सहयोग रकम फ्रेन्डसिपले शिला रेग्मी (आत्रेय) सामुदायिक पुस्तकालय भवन निर्माणमा प्रयोग गर्नेछ । गोरखा केराबारी १ मा निर्माण हुने सो पुस्तकालयले स्थानीय विद्यार्थीलगायत बासिन्दालाई सहज रुपमा विभिन्न किसिमका पुस्तक उपलब्ध गराउनेछ ।

बैँकको मुख्य कार्यालय कमलादीमा भएको सहयोग हस्तान्तरण कार्यक्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहले फ्रेन्डसिपका अध्यक्ष प्रकाशबाबु पौडेललाई रकम हस्तान्तरण गरेका छन् । बैँकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

प्रकाशित समय ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु