गृहपृष्ठ सनराइज बैँकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा विशेष छुट
सनराइज बैँकका ग्राहकलाई लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा विशेष छुट
सनराइज बैँक र दरबारमार्ग अवस्थित लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टबीच विशेष सम्झौता भएको छ । अस्पताल, रेस्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुटसहितका सुविधा दिँदै आएको बैँकले ग्राहकको सहजता तथा सुविधालाई मध्यनजर गर्दै सम्झौता गरेको हो ।
सम्झौतासँगै बैँकका ग्राहकले लन्डन पब र मत्सुरी टोकियो रेस्टुरेन्टमा खाना र बेभरेज सुविधाको सनराइज बैँकको क्रेडिट, डेबिट कार्ड र क्युआरको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन् ।
बैँकले ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौँ’ अभियानअनुरुप आफ्ना ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको छ ।
प्रकाशित समय ०८:१२ बजे

















