गृहपृष्ठ गुराँस लघुवित्तको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

गुराँस लघुवित्तको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफानोक्सान हिसाब तथा नगद प्रवाह सहितको वित्तीय विवरण पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा बुधबार धनकुटामा सम्पन्न साधारण सभाबाट आव २०७७/७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ ।

सभामा सहभागी सेयरधनीहरुले कोरोनाभाइरस संक्रमणको परिस्थितिमा संस्थालाई बचाउँदै अगाडि बढाएकोमा खुशी व्यक्त गरे । आगामी दिनमा ग्राहकहरुको संरक्षण तथा विकास गर्दै संस्थाको व्यवसाय वृद्धि गर्न उनीहरुले सुझाव दिए ।

प्रकाशित समय १६:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु