गृहपृष्ठ पिपुल्स हाइड्रोपावरको प्राथमिक सेयर निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति
पिपुल्स हाइड्रोपावरको प्राथमिक सेयर निष्काशनको लागि बिक्री प्रबन्धक नियुक्ति
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले लमजुङ जिल्लामा निर्माण गर्न लागेको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मेगावाट निर्माण गरिरहेको र सोमा लगानी गर्न आवश्यक पुँजीसमेत लगानी गर्न आफ्नो जारी पुँजी २ अर्ब ७५ करोडमध्ये ८२ करोड ५० लाख बराबरको एक सय रुपैयाँ अंकित दरको ८२ लाख ५० हजार कित्ता सेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानीयबासी तथा सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।
सो क्रममा सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रबन्धक निर्देशक केशवबहादुर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरे । पिपुल्स हाईड्रोपावर कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६४ साल आश्विन २२ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रा.लिको रुपमा दर्ता भई मिति २०७५ फागुन १५ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो ।
कम्पनीको गण्डकी प्रदेश, लमजुङ जिल्लाको दोर्दी गाउँपालिका (तत्कालीन ढोडेनीे÷फलेनी गा.वि.स.) मा बहने दोर्दीखोलाको पानी प्रयोग गरी निर्माण गर्न लागेको आयोजना करिव ७० प्रतिशत सम्पन्न भएको छ । आगामी २०७८ साल असोज महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ ।
प्रकाशित समय ०८:३२ बजे

















